नेप्सेमा सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना « Khabarhub

नेप्सेमा सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को धितोपत्र शुल्क बुझाउनु बाँकी कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो । तोकिएको समय नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार ५० करोडसम्मको चुक्ता पुँजी भएको कम्पनीले ५० हजार रुपैयाँ  तोकेको छ भने ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

त्यस्तै, ऋणपत्र-डिभेन्चर र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को ५० करोड रुपैयाँ चुक्ता पुँजी भएकाले २५ हजार रुपैयाँ र ५० करोड भन्दा बढी पुँजी भएकाले ५० हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ ।

उक्त शुल्क नेप्सेको ग्लोबल आईएमइ बैंक कमलादीमा भएको खातामा बुझाउनुपर्ने छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ५ : ०७ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर