यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ « Khabarhub

यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।

गीतको भिडियोमा नायक विजय बराल र प्रकाश सपुतलाई देख्न सकिन्छ । बुवाको भूमिकामा रहेका विजय घरघरमा सारङ्गी रेट्दै पैसा संकलन गरेको देखिन्छ । छोराको भूमिकामा रहेका प्रकाश भने पढ्नका लागि सहर छिर्छन् ।

बाउबाजेको पालादेखिको गन्धर्व पेसा आफ्नो सन्तानले गर्नु नपरोस् भनेर विजयले छोरालाई पढाउनका लागि गरेको संघर्ष गीतमा देख्न सकिन्छ । अर्थात् यो गीतले फिल्मको मुल मर्म गन्धर्व परिवारको भावना व्यक्त गरेको छ ।

यो फिल्ममा विजय र प्रकाशसहित नायक मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपानेलगायतको अभिनय छ ।

सरोज पौडेलको कथा र निर्देशन रहने यस फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहने यस फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

फिल्मको प्रदर्शन मिति कात्तिक १५ गतेलाई तोकिएको छ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १० : १३ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६