नचाउँदै यसरी निकालियो मजिपाः लाखे (तस्बिरहरू) « Khabarhub

नचाउँदै यसरी निकालियो मजिपाः लाखे (तस्बिरहरू)



काठमाडौं – इन्द्रजात्राको सुरुवातसँगै नेवार समुदायमा अनेक चाडपर्व पनि आएका छन् । आइतबार काठमाडौंको वसन्तपुर नजिकैको मजिपा: (मजिपात) स्थित लाखेननीबाट लाखे निकालिएको छ ।

धा: बाजा र भुस्या बजाउँदै उक्त चोकस्थित लाखे घरबाट लाखे निकालिएको हो । ‘लाखे छें’ (लाखे घर ) ‘लाखे आजु’लाई निकालिएको हो ।

‘लाखे छें’भित्रबाट विधिपूर्वक लाखे नाय: (नाइके) सहितले लाखेको ख्वापा (मुकुन्डो) लगाइदिएर निकालेका हुन् ।

तासले बनेको विशेष लुगा, जामा, चोलो, फिट्टा, जनी:, घङ्ला, हातमा रुमाल लगाएर लाखे जात्रा थालिएको हो । हेर्दा भयंकर देखिने लाखेको ख्वापा (मुकुण्डो) लगाइदिइसकेपछि ‘दु दुम झ्या’ तालमा बजा बजाउँदै परिक्रमा गराइएको छ ।

तयार भइसकेका ‘लाखे छें’को उक् लाखे घरबाट बाहिर निस्किँदै गर्दा धा: बाजा र भुस्या बजाइन्छ । त्यसपछि लाखे आजु हात हल्लाउँदै नाच्न थाल्छन् ।

मजिपाः लाखेलाई राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देवताका रुपमा पनि चित्रित गर्ने गरिएको छ । मजिपा: लाखेलाई शान्त भैरवको स्वरुपमा रुपमा पनि ब्याख्या गरिएको छ ।

इन्द्रजात्राको अवसरमा निकालिने नाचमध्ये ‘मजिपाः लाखे’ प्रमुखत: रञ्जितहरूको मौलिक नाच हो। पौराणिक कथनमा लाखेलाई एक दानवका रुपमा चित्रित गरिए पनि नेवार समुदायमा यसलाई शक्तिशाली देवता मानेर पुजिन्छ ।

लाखेले आफ्नो दानव आचरण त्यागेर बालबालिकाको रक्षाको जिम्मेवारी लिएकाले नेवार समुदायमा लाखेलाई शक्तिशाली संरक्षक मानेर पूजा गरिन्छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४७ बजे

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा

महेन्द्रनगर– मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ ।