नचाउँदै यसरी निकालियो मजिपाः लाखे (तस्बिरहरू) « Khabarhub

नचाउँदै यसरी निकालियो मजिपाः लाखे (तस्बिरहरू)



काठमाडौं – इन्द्रजात्राको सुरुवातसँगै नेवार समुदायमा अनेक चाडपर्व पनि आएका छन् । आइतबार काठमाडौंको वसन्तपुर नजिकैको मजिपा: (मजिपात) स्थित लाखेननीबाट लाखे निकालिएको छ ।

धा: बाजा र भुस्या बजाउँदै उक्त चोकस्थित लाखे घरबाट लाखे निकालिएको हो । ‘लाखे छें’ (लाखे घर ) ‘लाखे आजु’लाई निकालिएको हो ।

‘लाखे छें’भित्रबाट विधिपूर्वक लाखे नाय: (नाइके) सहितले लाखेको ख्वापा (मुकुन्डो) लगाइदिएर निकालेका हुन् ।

तासले बनेको विशेष लुगा, जामा, चोलो, फिट्टा, जनी:, घङ्ला, हातमा रुमाल लगाएर लाखे जात्रा थालिएको हो । हेर्दा भयंकर देखिने लाखेको ख्वापा (मुकुण्डो) लगाइदिइसकेपछि ‘दु दुम झ्या’ तालमा बजा बजाउँदै परिक्रमा गराइएको छ ।

तयार भइसकेका ‘लाखे छें’को उक् लाखे घरबाट बाहिर निस्किँदै गर्दा धा: बाजा र भुस्या बजाइन्छ । त्यसपछि लाखे आजु हात हल्लाउँदै नाच्न थाल्छन् ।

मजिपाः लाखेलाई राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देवताका रुपमा पनि चित्रित गर्ने गरिएको छ । मजिपा: लाखेलाई शान्त भैरवको स्वरुपमा रुपमा पनि ब्याख्या गरिएको छ ।

इन्द्रजात्राको अवसरमा निकालिने नाचमध्ये ‘मजिपाः लाखे’ प्रमुखत: रञ्जितहरूको मौलिक नाच हो। पौराणिक कथनमा लाखेलाई एक दानवका रुपमा चित्रित गरिए पनि नेवार समुदायमा यसलाई शक्तिशाली देवता मानेर पुजिन्छ ।

लाखेले आफ्नो दानव आचरण त्यागेर बालबालिकाको रक्षाको जिम्मेवारी लिएकाले नेवार समुदायमा लाखेलाई शक्तिशाली संरक्षक मानेर पूजा गरिन्छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी