पाकिस्तानमा प्रान्तीय सरकारविरुद्ध जनप्रतिनिधिद्वारा प्रदर्शन « Khabarhub

पाकिस्तानमा प्रान्तीय सरकारविरुद्ध जनप्रतिनिधिद्वारा प्रदर्शन


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रान्तीय सरकारले बजेट नदिएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । प्रान्तका विभिन्न शहरका मेयर, तहसिल र पालिका अध्यक्षले राजधानी पेशावरमा प्रदर्शनगरेका हुन् ।

प्रदर्शनमा पेशावर शहरकै मेयर जुबेर अली समेत सहभागी रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ। तीन वर्षअघि स्थानीय सरकार गठन भएयता प्रान्तीय सरकारले बजेट नै जारी नगरेको आन्दोलनकारीको भनाइ छ ।

स्थानीय सरकारका रुपमा तहसिल, गाउँ र टोल समिति सन्२०२१ को डिसेम्बर महिनामा चुनाव गरिएको थियो । प्रान्तमा जिल्ला तह खारेज गरेर स्थानीय तह गठन भएसँगै चुनाव भएको हो ।

यद्यपि त्यस चुनावयता प्रान्तीय सरकारले उनीहरुका लागि कुनैबजेट बिनियोजन गरेको छैन । त्यसबाहेक प्रान्त सरकारले स्थानीय तहलाई कुनै प्रशासकीय अधिकार समेत नदिएको प्रदर्शनकारी जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : ३३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको