विष्णुमती र धोबीखोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

विष्णुमती र धोबीखोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको विष्णुमती र धोबिखोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।

आइतबार साँझ जल तथा मौसम विज्ञान विभागले विष्णुमती र धोबिखोलामा जलसतह बढेकाले सोमबार बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइतबार राति ८ः५० बजे विष्णुमती नदीको गोंगबु जल मापन केन्द्रमा र धोबिखोला कपन जल मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो । विभागले त्यो क्षेत्र नजिकको सडक भएर यात्रा गर्नेहरूलाई भोलि बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार उपत्यकालगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । आइतबार साँझ उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा आज वर्षा भएको थियो ।

हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमवर्षा भइरहेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १० : ५५ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी