धनगढी उपमहानगरद्वारा नगर बससेवा सञ्चालन « Khabarhub

धनगढी उपमहानगरद्वारा नगर बससेवा सञ्चालन


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली । धनगढी उपमहानगरपालिकाले आज नगर बससेवाको उद्घाटन गरेको छ । फूलबारी बसपार्कमा एक कार्यक्रम आयोजना गरी नगर बससेवाको उद्घाटन गरिएको हो ।

उपप्रमुख कन्दकला रानाले सिटी बजाएर र हरियो झन्डा देखाएर उक्त नगर बससेवाको उद्घाटन गरे । उपमहानगरपालिकाले खरिद गरेको नगर बस कैलारी गाउँपालिकाको हसुलियाबाट, फूलबारी, धनगढी हुँदै गोदावरीको अत्तरियासम्म चल्ने रुट तोकिएको उपमहानगरपालिकाले जनाएको छ ।

यही असोज १ गतेदेखि सुरु हुने नगर बससेवा बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ । छवटा बसबाट नगर बससेवा सुरु गरिएको छ ।

धनगढीको ‘के एन्ड के कन्स्ट्रक्सन’ले वार्षिक रु २८ लाख ८८ हजार नौ सय १९ मा नगर बससेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजस्व शाखा प्रमुख डिल्लीराज ओझाले जानकारी दिए । उनका अनुसार विसं २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बससेवाको न्यूनतम भाडादर रु २० तोकिएको छ ।

करिब सात किलोमिटर दूरीमा रु २० तिरेर नगर बसमा यात्रा गर्न पाइनेछ । बस बिहान ६ देखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । हरेक दिन कैलारीको हसुलियाबाट बिहान छ बजे बस छुट्नेछभने दुई बसको अन्तराल अधिकतम ३० मिनेटभन्दा बढी नहुने राजस्व शाखा प्रमुख ओझाको भनाइ छ ।

नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्ने बताउँदै तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने उनले बताए ।

दश वर्ष अर्थात् २०८१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एन्ड के कन्स्ट्रक्सनले पाएको हो । नगर बस सञ्चालनले सर्वसाधारणलाई लाभ भएको नगर प्रमुख गोपाल हमालले बताए । फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, गौशाला निर्माणजस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको उनले बताए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ११ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको