धनगढी उपमहानगरद्वारा नगर बससेवा सञ्चालन « Khabarhub

धनगढी उपमहानगरद्वारा नगर बससेवा सञ्चालन


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली । धनगढी उपमहानगरपालिकाले आज नगर बससेवाको उद्घाटन गरेको छ । फूलबारी बसपार्कमा एक कार्यक्रम आयोजना गरी नगर बससेवाको उद्घाटन गरिएको हो ।

उपप्रमुख कन्दकला रानाले सिटी बजाएर र हरियो झन्डा देखाएर उक्त नगर बससेवाको उद्घाटन गरे । उपमहानगरपालिकाले खरिद गरेको नगर बस कैलारी गाउँपालिकाको हसुलियाबाट, फूलबारी, धनगढी हुँदै गोदावरीको अत्तरियासम्म चल्ने रुट तोकिएको उपमहानगरपालिकाले जनाएको छ ।

यही असोज १ गतेदेखि सुरु हुने नगर बससेवा बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ । छवटा बसबाट नगर बससेवा सुरु गरिएको छ ।

धनगढीको ‘के एन्ड के कन्स्ट्रक्सन’ले वार्षिक रु २८ लाख ८८ हजार नौ सय १९ मा नगर बससेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजस्व शाखा प्रमुख डिल्लीराज ओझाले जानकारी दिए । उनका अनुसार विसं २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बससेवाको न्यूनतम भाडादर रु २० तोकिएको छ ।

करिब सात किलोमिटर दूरीमा रु २० तिरेर नगर बसमा यात्रा गर्न पाइनेछ । बस बिहान ६ देखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । हरेक दिन कैलारीको हसुलियाबाट बिहान छ बजे बस छुट्नेछभने दुई बसको अन्तराल अधिकतम ३० मिनेटभन्दा बढी नहुने राजस्व शाखा प्रमुख ओझाको भनाइ छ ।

नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्ने बताउँदै तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने उनले बताए ।

दश वर्ष अर्थात् २०८१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एन्ड के कन्स्ट्रक्सनले पाएको हो । नगर बस सञ्चालनले सर्वसाधारणलाई लाभ भएको नगर प्रमुख गोपाल हमालले बताए । फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, गौशाला निर्माणजस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : १९ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री