चीन ‘जटिल गुप्तचर चिन्ता’ : न्यूजिल्याण्ड « Khabarhub

चीन ‘जटिल गुप्तचर चिन्ता’ : न्यूजिल्याण्ड


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यूजिल्याण्डले चीनलाई ‘जटिल गुप्तचर चिन्ता’को संज्ञा दिएको छ । त्यहाँको सुरक्षा गुप्तचर सेवाले सार्वजनिक गरेको प्रतिवेदनमा चीनलाई यस्तो संज्ञा दिइएकोहो ।

उक्त प्रतिवेदनमा न्यूजिल्याण्डमा धेरै मुलुकहरुले गलत गतिविधि गरिरहेको भए पनि चिनियाँ गतिविधि भने ‘जटिल र भ्रामक’ रहेको जनाइएको छ । प्रतिवेदनमा केही अनुदार मुलुकहरु आफ्नो स्वार्थ पूरा गर्न वैदेशिक हस्तक्षेपमा लागेको प्रतिवेदनमा उल्लेख छ ।

हालै मात्रै न्यूजिल्याण्डमा क्रिस्टोफर लक्सन नेतृत्वमा मध्य दक्षिणपन्थी सरकार गठन भएसँगै त्यहाँको गुप्तचर सेवाले यस्तो प्रतिवेदन जारी गरेको हो ।

यसअघि गत मार्च महिनामा न्यूजिल्याण्डले सन् २०२१ मा सरकारी कम्प्युटर प्रणालीमा भएको साइबर आक्रमणमा चिनियाँ राज्य समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो । यसबारे चीनले भने न्यूजिल्याण्ड अमेरिकाको कठपुतली बनेको प्रतिक्रिया दिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : २७ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको