शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारसँग छलफल | Khabarhub Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारसँग छलफल


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारको पुनःस्थापनका लागि गठित जग्गा समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधीश जयानन्द पनेरुले सोमबार विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा पुगेर जानकारी लिने काम गरेका छन् ।

निकुञ्ज विस्थापित सङ्घर्ष समितिका पदाधिकारीसँग आयोगका अध्यक्ष पनेरुले छलफल गरी समस्या समाधानका लागि आवश्यक राय लिने काम गरेका हुन् । आयोगका पूर्वअध्यक्ष पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माले प्रमाणित गरेका एक हजार चार सय ८० विस्थापित परिवारसँगै विभिन्न समयमा गठन भएका आयोगका प्रतिवेदन अध्ययन गरी तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाइने अध्यक्ष पनेरुले जानकारी दिए ।

‘विगतका आयोगका प्रतिवेदन अध्ययन गर्छौं’, उनले भने, ‘वास्तविक निकुञ्ज विस्थापित परिवारको पहिचान गरी पुनःस्थापन र मुआब्जाका लागि सिफारिससहित प्रतिवेदन बुझाउछौँ’, निकुञ्ज विस्थापित परिवारको सहकार्यमा प्रतिवेदन बुझाइने उनको भनाइ छ ।

निकुञ्ज पीडित सङ्घर्ष समितिका सचिव गोविन्द नेपालीले तत्कालीन आयोगका अध्यक्ष पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माले बुझाएको प्रतिवेदन त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले वास्तविक र प्रतिवेदनमा समावेश हुनबाट छुटेका विस्थापित परिवारलाई प्रमाणित गरी पुनःस्थापन गर्नुपर्ने बताए ।

विगतका आयोगले पुनःस्थापनका लागि छनोट गरेका हैसियत बिग्रेका वनको जग्गामा पुनःस्थापन गराउनुपर्ने उनको माग थियो ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षका वार्डेन सूर्य पाण्डेले विसं २०५८ मा विगतमा गर्न बाँकी रहेका परिवारलाई बस्दै आएको क्षेत्रको जग्गा नापजाँच गरी पुनःस्थापन गर्नुपर्ने, पुनःस्थापनका लागि भएका आन्दोलनका क्रममा विस्थापित परिवारले कब्जा गरेको जग्गा पीडित परिवारलाई वितरण गर्नुपर्ने र बाँकी रहेका वास्तविक निकुञ्ज विस्थापितलाई उचित मुआब्जा दिनुपर्ने उनको भनाइ छ ।

निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार कष्टपूर्ण रुपमा विभिन्न शिविरमा बस्दै आएका छन् । निकुञ्ज विस्थापित परिवारसँगै आयोगका अध्यक्ष पनेरुले सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह विष्ट, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालगायतसँग छुट्टै रुपमा भेटघाट गरी निकुञ्ज विस्थापितको समस्याबारे रायसुझाव लिने काम गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ३२ बजे

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्च जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र

मंसिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको