मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु « Khabarhub

मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लेबनान – इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थका कारण उनीहरूको मृत्यु भएको हो। अहिले चार लाख प्यालेस्टाइनी इजरायली सेनाको ट्यापमा परेका छन्।

लेबनानमा युनिफलको प्रतिनिधित्व गर्ने राष्ट्र सङ्घीय ‘पिस किपर’ले त्यस स्थान नछाड्ने जनाएका छन्। इजरायली आक्रमणमा परी पिसकिपर घाइते भएपछि प्रमुख जिया पियरे ल्याक्रोक्सले सो कुरा जनाएका हुन्।

युद्धले धेरैको ज्यान लिनेक्रम अझै जारी छ। उत्तरी लेबनानमा सोमबार भएको इजरायली आक्रमणमा परी २१ जनाको ज्यान गएको छ। आक्रमणमा अटेउमा रहेको घरमा विस्फोट नभएको थियो। त्यस घरमा युद्धकै कारण विस्थापितको बसोबास छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएपछिसम्म आक्रमण जारी राख्ने जनाएको छ।

पछिल्लो साता इजरायलको आक्रमण सबै भन्दा धेरै पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमा भइरहेको हो। यी दुवै स्थान हिजबुल्लाहको प्रभाव क्षेत्र मानिन्छ। सोमबार भएको आक्रमण अघि कुनै चेतावनी युक्त साइरन बजेको थिएन।

गाजा र लेबनानमा भइरहेको यो आक्रमणको विरुद्धमा प्यालेस्टाइनीको पक्षमा क्युबाको राष्ट्रपति माइगल डियुज क्यानलकै नेतृत्वमा एकबद्धता जनाइएको छ। हवानामा एक हजार भन्दा बढी उपस्थित भएर प्यालेस्टाइनको पक्षमा एकबद्धता जनाएका हुन्।

अमेरिकाका न्यूयोर्क स्टक एक्सचेन्जको अगाडि धेरै जना गिरफ्तार समेत भएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : १८ बजे

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु