एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता « Khabarhub

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मान्म – यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए। 

‘चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,’ उनले भने, ‘साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ ।’

मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । 

‘६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,’ उनले भने, ‘त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ ।’ 

गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : २३ बजे

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

रास्वपा समानुपातिक सूचीको एक नम्बरमा रहेका आचार्यले नाम फिर्ता लिने, प्रत्यक्ष लड्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। विशेष

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा