जापानमा निर्वाचन अभियान सुरु | Khabarhub Khabarhub

जापानमा निर्वाचन अभियान सुरु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मंगलबारदेखि  निर्वाचन अभियान सुरु भएको छ ।

निर्वाचनमा सत्तारुढ गठबन्धन लिवरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यसका साझेदारहरूले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूले सत्तारूढ समूहको पकडलाई कमजोर पार्ने कुरामा चुनावको ध्यानाकर्षण रहेको छ ।  

संसदको शक्तिशाली सदन हाउस अफ रिप्रिजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको जापानी सरकारी सञ्चार माध्याम  एन. एच. के. ले जनाएको छ ।

जापानको प्रतिनिधि सभा मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छ जसले एकल–सदस्य जिल्लाहरू र समानुपातिक प्रतिनिधित्व दुवैलाई मिलाउँछ ।

निर्वाचनमा मतदाताहरूले दुईवटा मतपत्रमा भोट हाल्छन ती मध्ये एउटा एकल–सदस्य जिल्लामा उम्मेदवारका लागि र एउटा समानुपातिक प्रतिनिधित्वमा रहेको पार्टीका लागि हुन्छ  ।

निर्वाचनले एलडीपीको कोष घोटालालाई पछ्याइ राजनीतिक सुधार, मुद्रास्फीति र आर्थिक उपायहरूको प्रतिक्रिया जस्ता प्रमुख मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

लामो समय जापानमा शासन गर्ने एलडीपीले यसअघि ४६५ सदस्यीय तल्लो सदनमा २५८  सिट ओगटेको थियो भने ३२  सिटसहितको कोमेइटोसँग गठबन्धनमा शासन गरेको थियो ।

मुख्य विपक्षी दल पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा रहेको जापानको संवैधानिक लोकतान्त्रिक पार्टीले भने  ९९ वटा सिट जितेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ०६ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा