जापानमा निर्वाचन अभियान सुरु « Khabarhub

जापानमा निर्वाचन अभियान सुरु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मंगलबारदेखि  निर्वाचन अभियान सुरु भएको छ ।

निर्वाचनमा सत्तारुढ गठबन्धन लिवरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यसका साझेदारहरूले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूले सत्तारूढ समूहको पकडलाई कमजोर पार्ने कुरामा चुनावको ध्यानाकर्षण रहेको छ ।  

संसदको शक्तिशाली सदन हाउस अफ रिप्रिजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको जापानी सरकारी सञ्चार माध्याम  एन. एच. के. ले जनाएको छ ।

जापानको प्रतिनिधि सभा मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छ जसले एकल–सदस्य जिल्लाहरू र समानुपातिक प्रतिनिधित्व दुवैलाई मिलाउँछ ।

निर्वाचनमा मतदाताहरूले दुईवटा मतपत्रमा भोट हाल्छन ती मध्ये एउटा एकल–सदस्य जिल्लामा उम्मेदवारका लागि र एउटा समानुपातिक प्रतिनिधित्वमा रहेको पार्टीका लागि हुन्छ  ।

निर्वाचनले एलडीपीको कोष घोटालालाई पछ्याइ राजनीतिक सुधार, मुद्रास्फीति र आर्थिक उपायहरूको प्रतिक्रिया जस्ता प्रमुख मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

लामो समय जापानमा शासन गर्ने एलडीपीले यसअघि ४६५ सदस्यीय तल्लो सदनमा २५८  सिट ओगटेको थियो भने ३२  सिटसहितको कोमेइटोसँग गठबन्धनमा शासन गरेको थियो ।

मुख्य विपक्षी दल पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा रहेको जापानको संवैधानिक लोकतान्त्रिक पार्टीले भने  ९९ वटा सिट जितेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ०६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने