स्वास्थ्य

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै 

By खबरहब

October 15, 2024

काठमाडौं– आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । 

राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । 

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।