जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च « Khabarhub

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । 

विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । 

‘हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,’ उनले भने, ‘निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ ।’एक वर्षमा बैठक भत्तामा १८ लाख खर्च  हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए। 

त्यसैगरी, अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। ‘जनप्रतिनिधिका लागि भ्रमण भत्ताबापत छुट्याइएको रु ६ लाख खर्च भएको छैन’, उनले भने, ‘विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।’

    

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ३७ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त