अफ्रिकन अमेरिकी र ल्याटिनोमा ह्यारिसको चासो « Khabarhub

अफ्रिकन अमेरिकी र ल्याटिनोमा ह्यारिसको चासो


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा ५ नोभेम्बरमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि सरगर्मी बढी रहेको छ । यसै समयमा उम्मेदवार कमला ह्यारिस अफ्रिकन अमेरिकन र ल्याटिनो अमेरिकीमा बढी केन्द्रित हुन थालेकी छिन् ।

 यी दुवै समुदायमा ह्यारिसको पकड बलियो छ । तर उनका शुभेच्छुकहरूले नै दुवै समुदायमा उनले धेरै मेहनत गर्न आवश्यक रहेको सुझाए छि उनी यस विषयमा तल्लीन भएकी हुन् । 

पछिल्लो सर्वेक्षणले अफ्रिकन अमेरिकीको ७८ प्रतिशत समर्थन ह्यारिसको पक्षमा छ । विगतमा केही निर्वाचनमा यस समुदायको मत ९० प्रतिशतसम्म डेमोक्र्याटले पाएका थिए । यस कारण यस समुदायमा अझ धेरै आवश्यक रहेको बताइएको छ । 

महत्त्वपूर्ण ब्याटल ग्राउन्डमा दुवै उम्मेदवार तल्लीन छन् । यसै कारण पनि त्यहाँ क्षेत्रका तरल मतले नै निर्वाचनको नतिजामा निर्णायक असर गर्न सक्छ । एरिजोनामा २५ तथा नेभाडामा २५ प्रतिशत ल्याटिनो मतदाता छन् । यसै गरी, जर्जियामा अफ्रिकन अमेरिकनको मत ३० प्रतिशत छ । 

अहिले अमेरिकी निर्वाचनमा अर्थतन्त्र र जनजीवनमा परेको असहज स्थिति मुख्य विषय बनेको छ । यी राज्यहरूमा ल्याटिनो र अफ्रिकन अमेरिकनहरू नै अहिलेको आर्थिक अवस्था प्रति असन्तुष्ट छन् । पहिलो पटक बाराक ओबामालाई मतदान गर्नेहरू नै सन् २०१६ पछि डोनाल्ड ट्रम्पलाई मत दिन थालेका धेरै उदाहरण पनि छन् । कतिपय ल्याटिनोहरु त डेमोक्र्याट दल तथा ट्रम्प दुवै जीवन सहज बनाउन असमर्थ रहेको कुरा बताउन थालेका छन् । 

ह्यारिसका समर्थकहरू नै अहिले अर्थतन्त्रका कारण धेरै जना ट्रम्पतिर ढल्कँदै गएको बताउँछन् । यो अवस्था सबै भन्दा धेरै नेभाडामा छ । अहिले दुवै उम्मेदवार सीमाको एजेन्डामा तल्लीन छन् । बाइडेन प्रशासनको समयमा मेक्सिको सीमामा समस्या बढेको कुरामा दुवै उम्मेदवार सहमत भएका छन् ।

ल्याटिनोहरु नै अवैध प्रवेशका कारण त्यहाँ रहेकाहरूमा समस्या परेको बताउन थालेका छन् भने कतिपयहरू आफ्नो समुदाय प्रति ट्रम्प कठोर भएको बताउन थालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ४५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती