जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट « Khabarhub

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ । 

उनीहरू बीच मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीमा भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्ताका क्रममा कैद गरिएको तस्बिर विप्लवको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको छ । 

सीपीएन अफिसियल (विप्लव सी सचिवालय) नामक फेसबुक अकाउन्टबाट प्रभाकर र विप्लवको तस्बिर सार्वजनिक गरिएको हो । 

तस्बिरसँगै लेखिएको छ, ‘नेकपाको जनकम्युनमा प्रभाकर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच शिवगढीस्थित महासचिवको निवास भोकरमा भेटघाट भएको छ ।’

भेटका क्रममा दुई नेताहरूका बीचमा भएको छलफलका बारेमा भने विप्लवको सचिवालयले केही खुलाएको छैन ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ४९ बजे

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं- जेन-जीहरूको एउटा समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका

बोरामा फ्याँकिएकी मायाको शव ११ दिनसम्म सडकमै रहिरह्यो, कात्तिक २६ मै भएको थियो हत्या

काठमाडौं- काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्ना र प्लास्टिकमा पोको पारेर फ्याँकिएको

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

पर्वत–  ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा

एनपीएल २ : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको