दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु   | Khabarhub Khabarhub

दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु  


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। 

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उनले बताए ।

घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ३१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय