दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु   « Khabarhub

दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु  


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। 

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उनले बताए ।

घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ३१ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज