ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक « Khabarhub

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड ट्रम्पले ‘हेल्थ एन्ड ह्युमन सर्भिस’ सेक्रेटरी चयन गरेका छन्। ट्रम्पबाट जारी विज्ञप्तिमा हानिकारक विषादी, प्रदूषण तथा गलत खाद्य प्रशोधनबाट जोगाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको छ।

केनेडीले अमेरिकालाई स्वास्थ्य मानिसको देशको रूपमा स्थापित गराउनु आफ्नो दायित्व भएको बताएका छन्। गत साता राष्ट्रपति पदमा निर्वाचित भए यता ट्रम्पले आफ्नो मुख्य टिम चयन गरिहेका छन्। मार्को रुबियोलाई सेक्रेटरी अफ स्टेटको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएका उनले तुलसी गाबार्डलाई राष्ट्रिय गुप्तचरको निर्देशक चयन गरेका छन्।

ट्रम्पले मनोनयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी समेत सकिएको छ। डेमोक्र्याट पार्टीमा झुकाव राख्ने गावार्डले यस पटकको निर्वाचनमा ट्रम्पलाई साथ दिएकी थिइन्। ट्रम्पले भेट्रान अफेयर्सका लागि जर्जियाका काँग्रेस सदस्य डाउग कोलिन्सलाई चयन गरे। कोलिन्स विगतमा अमेरिकी हवाई सेनामा रहेर इराकमा काम गरेका थिए।

महान्यायाधिवक्ता चयन गरिएका म्याक गायट्जको हकमा भने सुरुवातमै आलोचना भएको छ। गायट्जलाई यौन दुर्व्यवहार र अवैध औषधीको प्रयोगको आरोप लागेको छ।

यसैगरी ट्रम्पले डिन जोन सियोरलाई सर्वोच्च अदालतको सबै भन्दा ठुलो अधिवक्ताको रूपमा चयन गरेका छन्। यसअघि उनी मिसाउरीको सरकारी वकिलको कार्यालयमा कार्यरत थिए। उनले यस वर्षको सुरुवातमा नै ट्रम्पको मुद्दा हेरेका थिए। न्यूयोर्कको सिभिल फ्रड केसको वकालत पनि ट्रम्पको तर्फबाट उनले नै गरेका थिए।

ट्रम्पले रकम लुकाएको आरोपमा उनीमाथि लागेको मुद्दामा वकालत गरेका टड ब्लान्चलाई उप महान्यायाधिवक्ता चयन गरेका छन्। न्यूयोर्कमा यस वर्षको सुरुवातमा भएको ट्रम्पविरुद्धको सुनुवाइमा उनले नै वकालत गरेका थिए।

युएस सेक्युरिटिज तथा एक्सचेन्ज कमिसनका लागि ट्रम्पले जाय क्लायटनलाई चयन गरेका छन्।

यो पनि पढ्नुहोस्
अमेरिकी राष्ट्रपति निर्वाचन स् ट्रम्पलाई दुई नव आगन्तुकको साथ

सहयोगी छान्न व्यस्त ट्रम्प : प्रशासनिक स्वरूपले लियो आकार

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ५० बजे

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा

न्युयोर्कमा अत्यधिक चिसो, १४ जनाको मृत्यु

एजेन्सी – गएको हप्ता देखि न्युयोर्क सहरमा चिसोका कारण १४

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’

भैरहवा– रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण बजारको चहलपहल

६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १०