वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी « Khabarhub

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको जित हात पारेको छ। तेस्रो खेलमा प्राप्त जितसहित इंग्ल्याण्ड शृङ्खलामा ३-० अगाडि छ। १४६ रनको लक्ष्य पाएको इंग्ल्याण्डले ४ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा १४९ रन जोडेको हो।

इंग्ल्याण्डका साम कुरानले २६ बलमा ४१ रन जोडे। यसै गरी लिभिङ लियामस्टोनले २८ बलमा ३९ रन जोडे। धिमा गतिमा खेलेका विल ज्याक्सले ३३ बलमा ३२ रन जोडे। कुरान र लियामस्टोनले पाँचौँ विकेटका लागि गरेको ३९ रन जितको आधारमा बनेको थियो। वेस्ट इन्डिजका अकल हुसेनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए पनि उनको मात्र प्रयास टोलीलाई जित दिलाउनका लागि पर्याप्त भएन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतीमा १४५ रनको योगफल खडा गरेको थियो। इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई सही साबित गर्ने क्रममा साजिव मोहम्मदले सुरुवात मै क्यारेबियन टोलीको ब्याटिङ ध्वस्त पारेका थिए। उनले ४ ओभरमा १७ रन खर्चिँदै तीन विकेट लिए। वेस्ट इन्डिजका शीर्ष ५ ब्याट्सम्यान दोहोरो अङ्क छुन असफल भएका थिए। ३७ रनमा पाँचौँ विकेट गुमाएको वेस्ट इन्डिजका लागि कप्तान रोभपान पावेल र रोमारियो सेफर्डले छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। पावेलले ४१ बलमा ५४ तथा सेफर्डले २८ बलमा ३० रनको योगदान गरे।

अल्जारी जोसेफले १९ बलमा २१ रनको योगदान गरे। इंग्ल्याण्डका जेच ओभरटनले पनि ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : २६ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’