वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी « Khabarhub

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको जित हात पारेको छ। तेस्रो खेलमा प्राप्त जितसहित इंग्ल्याण्ड शृङ्खलामा ३-० अगाडि छ। १४६ रनको लक्ष्य पाएको इंग्ल्याण्डले ४ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा १४९ रन जोडेको हो।

इंग्ल्याण्डका साम कुरानले २६ बलमा ४१ रन जोडे। यसै गरी लिभिङ लियामस्टोनले २८ बलमा ३९ रन जोडे। धिमा गतिमा खेलेका विल ज्याक्सले ३३ बलमा ३२ रन जोडे। कुरान र लियामस्टोनले पाँचौँ विकेटका लागि गरेको ३९ रन जितको आधारमा बनेको थियो। वेस्ट इन्डिजका अकल हुसेनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए पनि उनको मात्र प्रयास टोलीलाई जित दिलाउनका लागि पर्याप्त भएन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतीमा १४५ रनको योगफल खडा गरेको थियो। इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई सही साबित गर्ने क्रममा साजिव मोहम्मदले सुरुवात मै क्यारेबियन टोलीको ब्याटिङ ध्वस्त पारेका थिए। उनले ४ ओभरमा १७ रन खर्चिँदै तीन विकेट लिए। वेस्ट इन्डिजका शीर्ष ५ ब्याट्सम्यान दोहोरो अङ्क छुन असफल भएका थिए। ३७ रनमा पाँचौँ विकेट गुमाएको वेस्ट इन्डिजका लागि कप्तान रोभपान पावेल र रोमारियो सेफर्डले छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। पावेलले ४१ बलमा ५४ तथा सेफर्डले २८ बलमा ३० रनको योगदान गरे।

अल्जारी जोसेफले १९ बलमा २१ रनको योगदान गरे। इंग्ल्याण्डका जेच ओभरटनले पनि ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : २६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले