दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा | Khabarhub Khabarhub

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । 

तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।

सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो । एक जनाको आँखाभित्र पलाएको मासुको शल्यक्रियामार्फत हटाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

नागरिकको सहजताका लागि शिविर पालिकाको केन्द्र बोङ्गादोभान आधारभूत अस्पताल र तमान स्वास्थ्यचौकीमा गरी दुई स्थानमा गरिएको सञ्चालन गरिएको उनको भनाइ छ । ताकम फाउण्डेसनको सहयोग, नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको उनले बताए।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले तमानसम्म ल्याउने-लैजाने व्यवस्था गरेको थियो । गाउँमै भएको आँखा शिविरले बूढापाकालाई सहज बनाएको स्थानीय प्रेम बुढामगरले बताए। आँखाको सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेकामा गाउँमा भएको शिविरले आफूहरूको ठूलो सहयोग भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : २७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका