दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा « Khabarhub

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । 

तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।

सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो । एक जनाको आँखाभित्र पलाएको मासुको शल्यक्रियामार्फत हटाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

नागरिकको सहजताका लागि शिविर पालिकाको केन्द्र बोङ्गादोभान आधारभूत अस्पताल र तमान स्वास्थ्यचौकीमा गरी दुई स्थानमा गरिएको सञ्चालन गरिएको उनको भनाइ छ । ताकम फाउण्डेसनको सहयोग, नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको उनले बताए।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले तमानसम्म ल्याउने-लैजाने व्यवस्था गरेको थियो । गाउँमै भएको आँखा शिविरले बूढापाकालाई सहज बनाएको स्थानीय प्रेम बुढामगरले बताए। आँखाको सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेकामा गाउँमा भएको शिविरले आफूहरूको ठूलो सहयोग भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : २७ बजे

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी– यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्