समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड « Khabarhub

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समता घरेलु लघुवित्तको थप शेयर निष्कासन (एफपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे बाँडफाँड गरेको हो ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । जसमा ३५ हजार ९० जनालाई १० कित्ताका दरले एफपीओ परेको छ भने बाँकी ४.२५ कित्ता ४ जनालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गरेको थियो । एफपीओ पश्चात लघुवित्तको सर्वसाधारण शेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ३९ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त