वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।

पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : २० बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर