धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू) « Khabarhub

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ ।

काठमाडौं महानगरपालिका र सडक विभागबीच लामो जुहारीपछि अदालतको आदेशमा फुटपाथ विस्तारले गति लिएको थियो ।

यस्तोमा महानगरले सडक घटाएर फुटपाथ विस्तारलाई निरन्तरता दिइरहेको छ । त्यहीक्रममा न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ ढाकेका बिजुलीका पोल पनि हटाइँदैछ ।

महानगरले बिजुलीका ठूला पोलसहित त्यहाँ असरल्ल झुन्डिएका तार पनि हटाएर व्यवस्थापन गरिरहेको छ। पोल र तार हटाइएपछि जुद्ध शालिकदेखि इन्द्रचोसम्मको क्षेत्र सफा देखिन थालेको छ ।

महानगरले त्यस क्षेत्रबाट इन्टरनेटका तारसमेत व्यवस्थापन गरिरहेको छ । अहिले सहरी क्षेत्रमा बिजुली र इन्टरनेट दुवैका तार भूमिगत गरिँदैछ । तार भूमिगत रुपमा लगिएपछि अब पोल पनि हटाइएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : १५ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले