नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण « Khabarhub

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो ।

हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा दश हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिए ।

हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ । यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताए  ।

‘आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो’, सञ्चालक गजुरेलले भने, ‘सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भएपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।’

तेह्र रोपनी क्षेत्रफलमा २५ करोड रुपैयाँ लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिए  । उनका अनुसार प्रालिको पाँच करोड रुपैयाँ लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो ।

अठार महिनामा काम सम्पन्न गर्ने गरी १९ करोड ९४ लाख रुपैयाँमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो ।

तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले पाँच करोड रुपैयाँ लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ ।

निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ३० बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,