खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौँ : नगरप्रमुख क्षेत्री « Khabarhub

खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौँ : नगरप्रमुख क्षेत्री


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी संघका पूर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने जती नदीजन्य पदार्थ निकाल्न नसकेको गुनासो गरेका छन् ।

खोला र नदीमा नदीजन्य पदार्थ थुप्रिएको र मानवीय जोखिम निम्त्याइरहेको बताउँदै नगरप्रमुख क्षेत्रीले क्रसर व्यवसायीहरूलाई राज्यलेसमेत उपेक्षा गरेको बताएका हुन् ।

शुक्रबार भएको व्यवसायी माहासंघको तेस्रो केन्द्रीय महाअधिवेशनमा बोल्दै उनले व्यवसायीहरूलाई आमरुपमा हेर्ने दृष्टिकोणसमेत साँगुरो बनेको गुनासो गरे ।

मधेश प्रदेशमा वार्षिक ११ लाख घनमिटर निकाल्नै पर्ने नेपाल सरकारको मापदण्ड नै रहेको जिकिर गर्दै नदीजन्य पदार्थ मापदण्डअनुसार निकाल्न पाउनुपर्ने माग गरे ।

व्यवसायी महासंघको दशौँ र एघारौँ साधारणसभा तथा तेस्रो केन्द्रीय महाअधिवेशन महोत्तरीको बर्दिबासमा जारी छ । यो एक मंसिरसम्म जारी रहने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ४५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता