दाङबाट नक्कली नोटसहित चार जना पक्राउ « Khabarhub

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका-९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ०८ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई