दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु « Khabarhub

दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा गर्ने हरेक पोष्टका कारण चर्चामा आइरहन्छन् ।

यस पटक पनि उनले शुक्रबार गरेको एउटा पोस्टका कारण चर्चा बटुलेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई महानायक नभन्न आग्रह गरेका छन् ।

छक्कापञ्जा ५ रिलिज हुँदा बहिष्कार अभियान नै खेपेका उनले अब महानायक भनेर सम्बोधन गरेमा फेसबुकमा ब्लक गरिदिने चेतावनी दिएका हुन् ।

गिरीले आफूले कहिल्लै पनि यो पद दाबी नगरेको बताउँदै आफूलाई त्यसो भनेर सम्बोधन नगर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्-

…अर्को सानो जानकारी गराउँदैछु, आजबाट जस-जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहॉलाई मेरो फेसबुकमा ब्लक गर्दैछू, यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु । तर मैले बारम्बारभन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । …फरक विचार स्वागत, असभ्यता अस्वीकार, शुभदिन !

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : १४ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान