सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू) « Khabarhub

सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू)


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल र स्थानीयबीच गौशालामा तनाव भएको छ ।

गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सडकमा उत्रिँदा तनाव भएको हो ।

अदालतको आदेशपछि माडवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला खाली गराउन र फुटपाथ मिचिएको संरचना भत्काउन नगर प्रहरी गौशाला पुगेको थियो ।

अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको छ ।

त्यसक्रममा स्थानीयले अदालतको आदेशविपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको आरोपसहित आक्रोश व्यक्त गरे । महानगरले डोजर चलाए त्यहीँ ढुंगामुढा गर्ने धम्की स्थानीयले दिए ।

काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले चलाउँदै आएको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको जमिनमा मोहियानी हक नलाग्ने फैसला गरिसकेको छ ।

त्यसपछि महानगरको टोली मारवाडी सेवा समितिले ओगेटको त्यो संरचना खाली गराउन पुगेको थियो । स्थानीय र माडवाडी समितिको अवरोधबीच महानगरले डोजर चलाएको छ ।

पशुपति विकास कोषले धर्मशाला सञ्चालन गराउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । त्यसपहिले तत्कालीन संस्कृति मन्त्री सुदन किरातीको पालामा धर्मशाला मारवाडीबाट खोसिएको थियो।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ३० बजे

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ