निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासकाबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ : प्रचण्ड  « Khabarhub

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासकाबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ : प्रचण्ड 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरू एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताएका छन्  ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहिकेहिमा अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको भन्दै विगतको जस्तो संविधान मिच्ने वा संसद् विघटन गर्ने कसरतबाट सजक हुनुपर्ने बताएका हुन् ।

त्यस्तै राजावादीहरूले जनतामा फैलिएको असन्तुष्टिलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमनतर्फ लैजाने प्रयास पनि सफल हुन नदिने उनले बताए  ।

‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’ उनले भने, ‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर प्रतिक्रान्ति गर्ने सपना पनि देखिरहेका छन् । त्यसैले दुबैतर्फ सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

साँचो अर्थमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू सजग रहनुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भने, ‘हिजो पनि संविधानमाथि बलात् आक्रमण गरेर दुईदुईपटक संसद बिघटन गर्ने प्रवृत्तिलाई हामी बामपंथी लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरेका थियौं, फेरि पनि संविधान मिच्ने, संसद विघटन गर्ने हर्कत हुनसक्छन्, यस्ता हर्कतका विरुद्ध अझै पनि सतर्क रहनुपर्छ ।’

प्रचण्डले गिरिजाप्रसाद कोइरालाले मृत्युशय्यामा हुँदै गर्दा आफूलाई देशको जिम्मा दिएको सधैँ स्मरण गर्ने धारणा राखे । उनले अहिले बाघको छालामा स्यालको रजाइँ हुन खोजेको हो की भन्ने आभास हुने गरे पनि त्यसलाई सफल हुन नदिने बताए ।

उनले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने बताए  । आफू मिठा कुरामा चिप्लिदा मुलुकको राजनीतिक अवस्था जटिल भएको तर्फ आफू जानकार रहेको उनको भनाइ छ । उनले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्र्फट महसुस गरेको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : ४१ बजे

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको