झापामा रगत अभाव « Khabarhub

झापामा रगत अभाव


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए ।

उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । उहाँले साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको जानकारी दिए ।

‘चाडपर्वका कारण कुनै सङ्घ संस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन्’, उनले भने, ‘अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ ।’

उनले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताए ।

जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार पाँच सय ७६ यूनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो । सो अवधिमा तीन हजार युनिट सेतो रगतसमेत खपत भएको छ ।

एक वर्षमा एक सय ३७ वटा रक्तदान कार्यक्रममार्फत पाँच हजार ५८ स्वयंसेवी रक्तदाताले रगत दान गरेका थिए ।

सो अवधिमा आठ हजार ५२ रक्तदाताले विर्तामोडको पञ्चकन्या, विएण्डसी र भद्रपुर रक्तसञ्चार केन्द्रमा आएर रगत सो रगत दान गरेका थिए  ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : २० बजे

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली

रामकुमारीले भनिन्- जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण

श्रमसंस्कृतिका सांसदले भने : रास्वपाको सरकारले गोरेटो होइन, हाइवे बनाउन सक्नुपर्छ

काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठकमा भोजपुरबाट निर्वाचित श्रमसंस्कृति पार्टीका सांसद

सरकारलाई नेकपा सांसदको सुझाव : एक्सनमा जाओस्, स्टन्ट गरेर समय बर्बाद नगरोस्

काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठकमा युवराज दुलाल ले संसद् र

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ