काठमाडौंमा एमालेको जनसभा पार्टीको पक्षमा जनमत बनाउन | Khabarhub Khabarhub

काठमाडौंमा एमालेको जनसभा पार्टीको पक्षमा जनमत बनाउन


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभालाई विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम भनेको छ ।

एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको जनाएको छ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा हुँदै छ ।

पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताबीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभा आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।

राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न जनसभा गर्न लागिएको एमालेले जनाएको छ ।

वर्तमान संयुक्त सरकारका काम, उपलब्धि र आगामी योजनाबारे जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ३८ बजे

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका

इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द

कठमाडौं– इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द गरिएको छ ।