एमाले महासचिव पोखरेलको तर्क- जनताको भरोसा ठूला दलमै छ « Khabarhub

एमाले महासचिव पोखरेलको तर्क- जनताको भरोसा ठूला दलमै छ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको बताएका छन् ।

यही मङ्सिर ७ गते काठमाडौंमा गर्न लागिएको जागरण सभाबारे एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा राखेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् ।

उनले जनतालाई आशावादी बनाउन समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको पनि बताएका छन् ।

जनता असन्तुष्ट छन् भनेर गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उनले जानकारी पनि दिएका छन् ।

‘जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् । उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौँ’, उनले भने ।

पोखरेलले जनताको बिचमा जाने कुरा रक्षात्मक नहुने उनले बताए । राजनीतिक दल सधैँभरि जनताको बीचमै जानु पर्ने उनले बताए । त्यही धारणाअनुसार जनताको बीचमा जाने एउटा माध्यम जागरण सभा भएको पोखरेलले बताएका छन् ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ ।

पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताबीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभा आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ५३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन