सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर | Khabarhub Khabarhub

सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले यही बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।

मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएका सबैको सजाय आगामी मंसिर १० गते निर्धारण गरिने विशेष अदालतले जनाएको छ।

अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन बनाउन ठेक्का आह्वान गरेको थियो।

तर, यसबारेमा उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिका कार्यालय नसार्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।

उच्च अदालतको आदेश अवज्ञा गर्दै मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो ।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : १९ बजे

कर्णाली याक्सविरुद्ध ब्याटिङमा पोखरा एभेन्जर्स, उत्कृष्ट सुरुवात

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’ 

काठमाडौं – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरूको योगदानबाट

गृहमन्त्रीले भने- रविलाई दुर्व्यवहार भएको छैन, प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण

काठमाडौं-  गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित

तनहुँ चुँदीखोलामा दश करोडमा बन्दैछ पक्की पुल  

दमौली – तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण

३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल

काठमाडौं – चालु आर्थिक वर्षको असोजभन्दा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा