सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर « Khabarhub

सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले यही बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।

मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएका सबैको सजाय आगामी मंसिर १० गते निर्धारण गरिने विशेष अदालतले जनाएको छ।

अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन बनाउन ठेक्का आह्वान गरेको थियो।

तर, यसबारेमा उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिका कार्यालय नसार्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।

उच्च अदालतको आदेश अवज्ञा गर्दै मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो ।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : १९ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३