यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार  | Khabarhub Khabarhub

यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारहरू टुंग्याएको छ ।

कांग्रेसले ताप्लेजुङ, झापा, मोरङ, तेह्रथुम, सुनसरी, ओखलढुंगा र उदयपुरका विभिन्न तहमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षका लागि भीमकुमार लक्सम्वा र झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षका लागि रामगोपाल वलीलाई उम्मेदवार छानिएको जानकारी दिए ।

उनका अनुसार बलराम सरदारलाई मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि अघि सारिएको छ ।

यस्तै नगेन्द्र लिम्बूलाई तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । ओखलढुंगामा जिल्ला समन्वय समितिको अध्यक्षका लागि कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

तेतर साहले सुनसरीको गढी गाउँपालिका–६ मा, घनश्याम दाहालले ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा, सञ्जीव काफ्लेले उदयपुरको त्रियुगा नगरपालिका–१२ र नवराज बस्नेतले उदयपुरकै बेलका नगरपालिका– ९मा वडाध्यक्षको टिकट पाएका छन् ।

मुख्य सचिव पौडेलले गण्डकी प्रदेशअन्तर्गत पर्ने गोरखाको गोरखा नगरपालिका वडा नं. ५ को वडा अध्यक्षका लागि भाइकाजी आलेलाई टिकट दिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ४० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ