श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दललाई दुईतिहाइ बहुमत « Khabarhub

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दललाई दुईतिहाइ बहुमत


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ वाम दल नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ।

एनपीपीले २२५ सदस्यीय तल्लो सदनमा १५९ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ । यससँगै राष्ट्रपति दिसानायकेले श्रीलंकाको राजनीतिमा एकछत्र पकड बनाएका छन् ।

अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा १५९ सिट जितेको श्रीलंकन मिडिया डेली मिररले उल्लेख गरेको छ।

२२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ । तर राष्ट्रपतिको पार्टीले १५९ सिट जितेको हो।

सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट ल्याएको विज्ञहरूले बताएका छन्।

त्यस्तै, विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ४० सिट जितेको छ ।

यसअघिका राष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल पाँच सिट जितेको छ।

उता लामो समय श्रीलंकाको राजनीतिमा एकछत्र राज गरेका महिन्दा राजापाक्षे र गोतबया राजापाक्षे परिवार यो चुनावमा बढारिएका छन् ।

राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी)ले केवल तीन सिट जितेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ३६ बजे

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको

मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार