१० खेलाडीमा सीमित लिभरपुल बराबरीमा रोकियो | Khabarhub Khabarhub

१० खेलाडीमा सीमित लिभरपुल बराबरीमा रोकियो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति फुलहामसँगको खेलमा दुई पटक पछि परेको लिभरपुलले सङ्घर्षपूर्ण बराबरी गरेको छ।

चोटबाट सङ्घर्ष गर्दै अक्टोबरपछि मैदान बाहिर बिताएका डिएगो जोटा यो खेलमा फर्किएका थिए। उनैले मैदानमा आफ्नो पुनरागमनको अर्थ देखाउँदै ८६ औँ मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरे। ११ औँ मिनेटमा आन्द्रे पियराले फुलहामका लागि गोल गरेको खेलमा लिभरपुलका कोडी गाम्पाकाले दोस्रो हाफको सुरुवातमै मोहम्मद सलाहको पासमा गोल गरेको थियो।

पहिलो गोल खाएको ६ मिनेटपछि नै हेरी विल्सनलाई गोल गर्नबाट रोक्ने क्रममा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो। रोड्रिगो मुनिजले ७६ औं मिनेटमा फुलहामलाई दोस्रो पटक अग्रता दिलाएका थिए। बराबरीका बाबजुद लिभरपुलले दोस्रो स्थानमा रहेको चेल्सीलाई ५ अङ्कले पछि छाड्दै अग्रता कायम राखेको छ। लिभरपुलको ३६ तथा चेल्सीको ३१ अङ्क छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : १६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’