१० खेलाडीमा सीमित लिभरपुल बराबरीमा रोकियो « Khabarhub

१० खेलाडीमा सीमित लिभरपुल बराबरीमा रोकियो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति फुलहामसँगको खेलमा दुई पटक पछि परेको लिभरपुलले सङ्घर्षपूर्ण बराबरी गरेको छ।

चोटबाट सङ्घर्ष गर्दै अक्टोबरपछि मैदान बाहिर बिताएका डिएगो जोटा यो खेलमा फर्किएका थिए। उनैले मैदानमा आफ्नो पुनरागमनको अर्थ देखाउँदै ८६ औँ मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरे। ११ औँ मिनेटमा आन्द्रे पियराले फुलहामका लागि गोल गरेको खेलमा लिभरपुलका कोडी गाम्पाकाले दोस्रो हाफको सुरुवातमै मोहम्मद सलाहको पासमा गोल गरेको थियो।

पहिलो गोल खाएको ६ मिनेटपछि नै हेरी विल्सनलाई गोल गर्नबाट रोक्ने क्रममा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो। रोड्रिगो मुनिजले ७६ औं मिनेटमा फुलहामलाई दोस्रो पटक अग्रता दिलाएका थिए। बराबरीका बाबजुद लिभरपुलले दोस्रो स्थानमा रहेको चेल्सीलाई ५ अङ्कले पछि छाड्दै अग्रता कायम राखेको छ। लिभरपुलको ३६ तथा चेल्सीको ३१ अङ्क छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : १६ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला