स्पेनिस ला लिगा : रायो भ्यालेकानोले रियल मड्रिडलाई रोक्यो बराबरीमा « Khabarhub

स्पेनिस ला लिगा : रायो भ्यालेकानोले रियल मड्रिडलाई रोक्यो बराबरीमा


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत रायो भ्यालेकानोले साबिक विजेता रियल म्याड्रिडलाई बराबरीमा रोकेको छ ।

आज बिहान सकिएको खेलमा ३–३ गोलको बराबरी खेल्दै भ्यालेकानोले रियललाई बराबरीमा रोक्दै अंक बाँडेको छ ।

भ्यालेकानोका लागि लोपेज, मुमिन र पालाजोन तथा रियल मड्रिडका भाल्भार्डे, बेलिंघम र रोड्रिगोले एक–एक गोल गरेका थिए ।

भ्यालेकानेका लोपेजले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । ३६औँ मिनेटमा मुमिनले गोल गर्दै भ्यालेकानोको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ३९औँ मिनेटमा भाल्भार्डे र ४५औँ मिनेटमा बेलिंघमले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै, रियलका रोड्रिगोले ५६औँ मिनेटमा गोल गर्दै खेललाई ३Þ–२ को अवस्थामा ल्याए पनि ६४औँ मिनेटमा भ्यालेकानोका पालाजोनले गरेको गोलसँगै रियल मड्रिड ३–३ गोलको बराबरीमा रोकिन बाध्य भयो ।

यो बराबरीसँगै रियल १७ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ भने भ्यालेकानो १६ खेलमा २० अंकसहित १३औँ स्थानमा छ। १७ खेल खेलेको बार्सिलोनाको ३८ अंक छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ५८ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना