त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त | Khabarhub Khabarhub

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत  ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।

नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा‍.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा‍.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा‍.डा. दुबिनन्द ढकाल छन् ।

यस्तै, व्यवस्थापन संकायमा प्रा‍.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा‍.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।

यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. म‍ीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ती गर्न निर्देशन दिएका थिए ।

 

 

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : १३ बजे

सुरेन्द्र र युवराजले केपीलाई घेर्दा जब मौन बसे ईश्वर पोखरेल…

काठमाडौं- १ साउनमा ललितपुरको च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकमा

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा

विद्या भण्डारी नरोकिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१