विराटनगरले काठमाडौंलाई दियो ११८ रनको चुनौती, अन्तिम ओभरमा गयो दुई विकेट « Khabarhub

विराटनगरले काठमाडौंलाई दियो ११८ रनको चुनौती, अन्तिम ओभरमा गयो दुई विकेट


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले काठमाडौंलाई ११८ रनको चुनौती दिएको छ। एक बल बाँकी हुँदा १९.५ ओभरमा अलआउट भएको विराटनगरले ११७ रन बनाएको हो।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए। २१ बल खेलेका उनले एकएक चौका र छक्का हिर्काए। उनी अन्तिम ओभरमा काठमाडौंका कप्तान करण केसीको बलमा आउट भएका हुन्। अन्तिम विकेटका रुपमा सुवास भण्डारी १० बलमा ६ रन बनाएर रनआउट भए।

विराटनगरका लागि नौ बल खेलेका लोकेश बल ८ रन बनाएर आउट भए। उनलाई पहिलो विकेटका रुपमा काठमाडौंका डेन डउथवेटले एलबिडब्लु आउट गरे। दोस्रो विकेटका रुपमा निकोलस किर्टन १० बलमा १२ रन बनाएर रनमा आउट भए भने तेस्रो विकेटका रुपमा दीपक बोहोरा २४ बलमा २० रन बनाएर आउट भए। चौथो विकेटको रुपमा १४ बलमा १५ रन बनाएका स्कट एडवर्ड्सलाई गेर्हार्ड इरास्मसले आउट गरे।

पाँचौ विकेटका रुपमा बसिर अहमदलाई १३ रन बनाउँदा गुमाएको विराटनगरले छैटौं विकेटका रुपमा इस्मत आलमलाई पाँच रन बनाउँदा गुमायो। सातौं विकेटका रुपमा क्रिस सोल एक रन बनाएर आउट हुँद आठौं विकेटका रुपमा सन्दीप लामिछाने शून्यमा आउट भए।

काठमाडौंका लागि गेर्हार्ड इरास्मसले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट हात पारे। उसका लागि कप्तान करण केसी, डेन डउथवेट र शाहब आलमले एकएक विकेट हात पारे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको लागि आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ४४ बजे

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,