साकेला उँधौलीमा रमाउँदै किरात समुदाय (तस्बिरहरू) « Khabarhub

साकेला उँधौलीमा रमाउँदै किरात समुदाय (तस्बिरहरू)


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकृति पूजकका रुपमा चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ सुरु भएको छ ।

किरात समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आइतबार ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा/धामीहरूले प्रकृतिको पूजा गरी उँधौली चाड सुरुवात गरेका छन् ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनासहति प्रकृति पूजा गर्ने चलन छ ।

कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने चलन किरात समुदायमा छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : १६ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना