युक्रेनको ऊर्जा पूर्वाधारमा रूसको ठुलो आक्रमण, जनता बिजुली बिना बस्न बाध्य | Khabarhub Khabarhub

युक्रेनको ऊर्जा पूर्वाधारमा रूसको ठुलो आक्रमण, जनता बिजुली बिना बस्न बाध्य


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

किभ– रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण सुरु गरेको छ । देशलाई आपत्कालीन बिजुली कटौती लागू गर्न बाध्य तुल्याएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

‘शत्रुले आफ्नो आतंक जारी राखेको छ, फेरि एक पटक युक्रेनको ऊर्जा क्षेत्र ठूलो आक्रमणमा परेको छ,’ युक्रेनी ऊर्जा मन्त्री जर्मन हलुश्चेन्कोले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेका छन् ।

रूसले गरेको आक्रमणको क्षति कति हदसम्म भएको छ, त्यो स्पष्ट हुन सकेको छैन तर त्यस वरपरका मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरिएको उनले जनाए ।

युक्रेनको वायुसेनाले देशका केही भागहरूलाई सम्भावित रूपमा लक्षित गर्ने ब्यालिस्टिक र क्रुज मिसाइलहरूको खतराको चेतावनी दिएपछि राजधानी कीभका सडकहरू शुक्रबार बिहान धेरै खाली गरिएको थियो ।

युक्रेनको ऊर्जा ग्रिड अपरेटर युक्रेनेर्गोले भन्यो कि धेरै क्षेत्रहरूमा बिजुली सुविधाहरू क्षतिग्रस्त भएका छन् र यसले देशभर आपत्कालीन बिजुली कटौती भएको छ र जनताहरू अन्धकारमा बस्न बाध्य भएका छन्।

रुसले यस वर्ष युक्रेनको पावर प्रणालीमा १२ ठूला आक्रमणहरू गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : १३ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी