सुरुमै समस्यामा सुदूरपश्चिम, दुवै ओपनरसहित चार विकेट गुमायो « Khabarhub

सुरुमै समस्यामा सुदूरपश्चिम, दुवै ओपनरसहित चार विकेट गुमायो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स सुरुमै दबाबमा परेको छ ।

पोखराविरुद्ध पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम यो खेलमा जितसहित प्लेअफ यात्रा तय गर्ने योजनामा रहेको अवस्थामा दुवै ओपनर सस्तैमा गुमाएको हो ।

सुदूरपश्चिमले स्कोर ७० कटाएको अवस्थामा तीन विकेट गुमाइसकेको छ ।

पोखरा एभेन्जर्सका बलर रामोन रेइफेरको बलमा बोल्ड आउट हुँदै सुदूरपश्चिमका ओपनिङ ब्याटर सइफ जाइब पवेलियन फर्किए ।

उनी १.५ ओभरको अवस्थामा उनी ८ बलमा ९ रनको स्कोरमा बोल्ड हुन पुगेका हुन् । पहिलो ओपनर आउट भएपछि दबाबमा देखिएको सुदूरपश्चिमले अर्का ओपनर विनोद भण्डारीलाई पनि सस्तैमा गुयमाो ।

६.२ ओभरको खेल चलिरहेका बेला भण्डारी पनि विपिन खत्रीको बलमा क्याच आउट हुन पुगे । उनले पनि केबल १४ रनको योगदान दिए ।

त्यही ओभरको छैटौँ बलमा सुदूरपश्चिमले तेस्रो क्रमका ब्रान्डन म्याक्कुलनलाई पनि गुमायो । उनी १६ बलमा २३ रन बनाएको अवस्थामा कुशल भुर्तेलबाट क्याच आउट भए ।

त्यसपछि ९.४ ओभरमा पोखराले अर्को सफलता पायो । उसका मिचेल लिस्कले हर्मित सिंहलाई १० बलमा १३ रन बनाएको अवस्थामा क्याच आउट भए ।

ताजा अवस्थामा ९ ओभर खेल्दै ४ विकेटको क्षतिमा ७० रनमा छ । लगालग ब्याटर बाहिरिँदा दबाबमा परेको सुदूरपश्चिचको रन रेट पनि खुम्चिन पुगेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ४१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा