एमाले मुख्यालयमा ३०१ नेतालाई सोधियो ४६ प्रश्न | Khabarhub Khabarhub

एमाले मुख्यालयमा ३०१ नेतालाई सोधियो ४६ प्रश्न


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको हेडक्वार्टरले आफ्ना नेता–कार्यकर्ताहरुलाई विभिन्न ११ वटा विषयमा ४६ वटा प्रश्नहरु सोधेको छ । एमालेका विभाग, प्रदेश, जिल्ला इञ्चार्ज र जनसंगठनका नेताहरुले ती ४६ प्रश्नको उत्तर नेताहरुलाई लिखितरुपमै दिनुपर्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेले देशभरिबाट ३०१ जना नेताहरुलाई बोलाएर शनिबार र आइतबार दुई दिने कार्यशाला चलाएको छ । कार्यशालामा सहभागी हुन आउनेहरुलाई ४६ वटा प्रश्नको लिखित जवाफ बोकेर आउन भनिएको छ ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा प्रदेश कमिटी र सो सरहका कमिटीका १२ जना इञ्चार्जहरुको सहभागिता छ ।

त्यसैगरी केन्द्रीय संगठन विभागका १७ जना र प्रदेश कमिटीका अध्यक्ष, सचिव, संगठन विभागप्रमुख, उपप्रमुख, पदाधिकारी महिला सहित थप एक महिलासमेत गरी प्रदेश कमिटीबाट ४४ जना कार्यशालामा सहभागी छन् ।

जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगडनविभाग प्रमुखसमेत १७६ जना कार्यशालामा सहभागी छन् भने २३ वटा जनसंगठनका अध्यक्ष र सचिवसमेत ४६ जनालाई कार्यक्रममा निम्त्याइएको छ ।

एमालेबाट निर्वाचित महानगर र उपमहानगरबाट निर्वाचित ६ जनालाई पनि कार्यशालामा निम्त्याइएको छ ।

कार्यशालामा उपस्थित हुन लाउनेलाई प्रश्नहरुको लिखित जवाफ लिएर आउन भनिएको छ ।

यस्ता छन् ४६ प्रश्न–

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : १६ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३