एमाले मुख्यालयमा ३०१ नेतालाई सोधियो ४६ प्रश्न « Khabarhub

एमाले मुख्यालयमा ३०१ नेतालाई सोधियो ४६ प्रश्न


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको हेडक्वार्टरले आफ्ना नेता–कार्यकर्ताहरुलाई विभिन्न ११ वटा विषयमा ४६ वटा प्रश्नहरु सोधेको छ । एमालेका विभाग, प्रदेश, जिल्ला इञ्चार्ज र जनसंगठनका नेताहरुले ती ४६ प्रश्नको उत्तर नेताहरुलाई लिखितरुपमै दिनुपर्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेले देशभरिबाट ३०१ जना नेताहरुलाई बोलाएर शनिबार र आइतबार दुई दिने कार्यशाला चलाएको छ । कार्यशालामा सहभागी हुन आउनेहरुलाई ४६ वटा प्रश्नको लिखित जवाफ बोकेर आउन भनिएको छ ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा प्रदेश कमिटी र सो सरहका कमिटीका १२ जना इञ्चार्जहरुको सहभागिता छ ।

त्यसैगरी केन्द्रीय संगठन विभागका १७ जना र प्रदेश कमिटीका अध्यक्ष, सचिव, संगठन विभागप्रमुख, उपप्रमुख, पदाधिकारी महिला सहित थप एक महिलासमेत गरी प्रदेश कमिटीबाट ४४ जना कार्यशालामा सहभागी छन् ।

जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगडनविभाग प्रमुखसमेत १७६ जना कार्यशालामा सहभागी छन् भने २३ वटा जनसंगठनका अध्यक्ष र सचिवसमेत ४६ जनालाई कार्यक्रममा निम्त्याइएको छ ।

एमालेबाट निर्वाचित महानगर र उपमहानगरबाट निर्वाचित ६ जनालाई पनि कार्यशालामा निम्त्याइएको छ ।

कार्यशालामा उपस्थित हुन लाउनेलाई प्रश्नहरुको लिखित जवाफ लिएर आउन भनिएको छ ।

यस्ता छन् ४६ प्रश्न–

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : १६ बजे

बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

ढाका – बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा सङ्क्रित ३११ बालबालिकाको मृत्यु

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।