सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य « Khabarhub

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयलस्ले पोखरा एभेजन्र्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

सुदूरपश्चिमको आजको खेलको सर्वाधिक स्कोर गरेका आरिफ शेख अर्धशतक पूरा गर्न ८ रनले चुके । ३८ बलको सामना गर्दा उनले २ चौका र १ छक्काको सहयोगमा अविजित ४२ रन जोडे ।

सुदूरपश्चिमका दुवै ओपनर सैफ जाइब र बिनोद भण्डारीको ब्याटिङ चल्न सकेन । सैफले दोहोरो रन बनाउन सकेनन् । ८ बल खेलेर उनी ९ रनमै पवेलियन फर्किए । बिनोद १६ बल खर्चेर १४ रनमा बाहिरिए ।

१६ बल खेलेका ब्रान्डन म्यामुल्लेनले १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । हर्मीत सिंहले १० बलको सामना गर्दा १० रन जोडे ।

कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले पोखराका सागर ढकालको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । उनले १६ बलमा २० रन जोडे ।

११ बल समाना गर्दा इशान पाण्डेले रिटार्यमेन्ट आउट लिएर पवेलियन फर्किए ।

स्कट कुग्गेलिजनले दोहारो रन बनाउन सकेनन् । ३ बल खर्चेर २ रन जोडे । ३ बल मात्रै समाना गर्न पाएका नरेश बूढाऐरले अविजित ६ रन जोडे ।

बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए । रेमन रिफर, सागर ढकाल र माइकल लिस्कले समान १-१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ३८ बजे

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका