एमालेको कार्यशालामा चीनको प्रशंसा, ओलीले भने- ९ करोड सदस्यले नेतृत्वको कुरा काट्दैनन् « Khabarhub

एमालेको कार्यशालामा चीनको प्रशंसा, ओलीले भने- ९ करोड सदस्यले नेतृत्वको कुरा काट्दैनन्


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उत्तरी छिमेकी चीनको प्रशंसामा लामो समय खर्चिएका छन् ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालालाई आइतबार पार्टी मुख्यालय च्यासलबाट सम्बोधनका क्रममा उनले चीनको प्रशंसामा समय खर्चिएका हुन् ।

ओलीले चीनको विकास मोडेलको प्रशंसा गर्दै त्यहाँको नेतृत्वको वरिपरि पार्टी सदस्य एकताबद्धसहित गोलवद्ध भएको उल्लेख गरे ।

उनले पार्टी नेतृत्वसँग सबै नेता कार्यकर्ता गोलबन्द भएकै कारण विकास र समृद्धि सम्भव भएको पनि बताए ।

उनले कम्युनिष्टले मात्रै समाजवादको नेतृत्व गर्नसक्ने दाबी गर्दै चीनको विकासको यात्राको प्रशंसा गरेका हुन् ।

उनले देश बनाउन कम्युनिष्ट पार्टी चाहिने पनि तर्क गरेका छन् । ‘देश बनाउन किन कम्युनिष्ट पार्टी नै चाहिन्छ ? समाजवादी नै चाहिन्छ ? नामको समाजवादी होइन, तपाईंहरूले एस, उस सम्झिनुभएको होला । त्यस्तो एस, उस होइन । समाजवादी भनेको जनतावादी, परिवर्तनवादी, अधिकारवादी हो’, उनले भने, ‘यस्तो काम कम्युनिष्ट पार्टीले मात्रै गर्न सक्छ। अहिलेसम्म विश्वका शक्तिशाली देशले गरिवी निवारण गर्न सकेका छैनन् । सयौँ वर्षदेखि समृद्धि हाँसिल गरेर विकसितका रूपमा कहलिएका देशले एक हिस्सा जनताको अवस्था गरिवीबाट माथि उठाउन सकेका छैनन् । भिख मग्गा बनाएर छोडिदिएको छ । भोकै मनुपर्ने स्थितिमा छोडिदिएको छ ।’

उनले यही पृष्ठभूमिमा चीनले ठूलो प्रगति गरेको ब्याख्या गरे । ‘तर, एउटा के देखिन्छ भने कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले चीनले केही पनि नभएका ठाउँबाट (केही पनि थिएन) त्यस्तो ठाउँबाट राज्य सत्तालाई हरेक ठाउँमा सुप्रिमेसी हाँसिल गर्दै श्रेष्ठता हाँसिल गर्दै, प्रतिष्पर्धा गर्दै अघि बढेको देखियो’, उनले भने ।

उनले त्यस क्रममा उनले चीनको आर्थिक प्रगतिको पनि प्रशंसा गरे । ‘आज चीन विश्वमै आर्थिक रुपमा महाशक्तिको रुपमा उदाएको छ । विज्ञान र प्रविधिको प्रयोग र विकासको सन्दर्भमा आफ्नो ढगले अघि बढेको छ र श्रेष्ठता हाँसिल गरेको छ । राजनीतिक स्थिरता र स्थायित्व अत्यन्तै सुन्दर ढंगले, त्यत्रो जनसंख्या, राजनीतिक स्थिरता र स्थायित्व एवम् दमनबाट होईन जनताको चित्त बुझाएर, कम्युनिष्ट पार्टीले जनतालाई सेवा गरेर त्यो प्रवृत्ति छ त्यहाँ’, उनले भने, ‘पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ । विरोधीका आक्रमण र हमलालाई कसरी पराजित गर्ने, त्यो तरिका अवलम्बन गर्ने । अनुशासित र एकताबद्ध भएर चल्ने गरिएको छ ।’

सीपीसीका ९ करोडभन्दा बढी पार्टी सदस्य रहेका पनि उनले उल्लेख गरे । ‘हाम्रो देशको जनसंख्या जति छ, त्योभन्दा तीन गुणाभन्दा बढी चीनका पार्टी सदस्य छन्’, उनले भने, ‘त्यत्रो पार्टी सदस्यता छ, एकजनाको ओपिनिएन (विचार) फरक आउँदैन। नेतृत्वको वरिपरि सबै गोलबद्ध छन् ।’

उनले आफूलाई जे लाग्यो त्यही सही भनेर हिँडिए त्यसले पार्टीमा एकतालाई ध्वस्त बनाउने चे‍तावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ